जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

डिसी नेपाल
२९ साउन २०७९ १४:५५
456
Shares

तनहुँ। म्याग्दे गाउँपालिका–२ बडरे बस्ने ५२ वर्षीय सोम प्रसाद श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट नगद ५८ हजार २ सय २३ रुपैयाँ र २ सय १४ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *