आजको मौसमः ४ वटा प्रदेशमा बर्षा हुने

डिसी नेपाल
८ भदौ २०७९ ६:२३
324
Shares

काठमाडौ। प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बर्षा हुने अनुमान गरिएको छ। मौसम पुर्वानुमान शाखका अनुसार प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साँझमा भने उल्लेखित प्रदेशका पहाडी भू- भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि सामान्यता सफा रहने मौसम पुर्वानुमान शाखाले जनाएको छ।

उता, रातमा भने प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोमौसम पुर्वानुमान शाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.