सार्वजनिक झोलुङ्गे पुलमा आवतजावत बन्द

डिसी नेपाल
१५ भदौ २०७९ १४:४९
320
Shares

जाजरकोट। त्रपुरासुन्दरी नगरपालिकाको वडा नं १ मा पर्ने साङटा र वडा नं ४ रङ्गगाउँको मान जोड्ने भेरी नदीमाथिको झोलुङ्गे पुल बन्द हुँदा आवतजावतमा समस्या भएको छ। वन समितिले सार्वजनिक पुलको दुवैतर्फ ढुङ्गा थुपारेर बन्द गरेपछि आवतजावतमा अवरोध भएको जनाइएको छ।

रङ्ग गाउँबाट त्रिपुरासुन्दरी नगरपालिका केन्द्र त्रिपुराकोट बगरलगायत वडा नं ९ मा पर्ने चुँ र १० मा पर्ने लिकुगाउँमा जान स्थानीयवासीलाई छिटो र सहजताका लागि विसं २०७६ मा झोलुङ्गे पुल निर्माण गरिएको थियो। यतिखेर रङ्गगाउँका भन्दा छिमेकी वडाका पशुचौपायले वनको घाँसमा क्षति पुर्याएको जनाउँदै सार्वजनिक पुलमा समेत ढुङ्गाको पर्खाल लगाएर आवतजावत बन्द गर्नु राम्रो नभएको स्थानीय केशर बुढाले बताए।

सुँ सामुदायिक वन उपभोक्ता समिति र ४ नं वडा कार्यालयको २०७९ साउन ४ गतेको संयुक्त बैठकको निर्णयका आधारमा वन समितिले पुलको दुवैतर्फ ढुङ्गा थुपारेर बन्द गरेको वडा सदस्य हरि बुढाले बताए। यतिखेर गाउँका सबै पशुचौपाय लेक (खर्करुमान)मा रहने भएकाले हिउँदको समयमा पशुचौपायका लागि घाँस र वन जङ्गलको समेत संरक्षण गर्न पुल बन्द गरिएको सो वन समितिले जनाएको छ। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.