सान्जेन जलविद्युतको आइपिओ भर्ने म्याद थप, अब कहिलेसम्म पाइन्छ भर्न ?

डिसी नेपाल
१९ भदौ २०७९ ९:५०

काठमाडौँ। सान्जेन जलविद्युत कम्पनीको आइपिओ भर्ने म्याद थपिएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको लागि भदौ ५ गतेदेखि एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता आइपिओ जारी गरेको हो। सो सेयरमा तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको हुनाले म्याद थपिए लगानीकर्ताले असोज ४ गतेसम्म आवेदन दिन पाउने भएका छन्।

यसमा आइपिओमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका-५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका-४ गोल्जुङका बासिन्दा, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडा नम्बरहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन्।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम सात सय कित्तासम्म आवेदन दिन सक्नेछन्। यस आइपीओको लागि बिक्री प्रबन्धकको कार्य नागरिक लगानी कोषले गर्नेछ भने सहबिक्री प्रबन्धकमा सनराइज र एनएमबी क्यापिटललाई नियुक्त भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *