हिमालयन बैंकको २५ लाख कित्ता ऋणपत्रमा आवेदन दिने म्याद थपियो

डिसी नेपाल
१९ भदौ २०७९ १०:१८

काठमाडौँ। हिमालयन बैंकको २५ लाख कित्ता ऋणपत्र भर्ने म्याद थप गरिएको छ। अब लगानीकर्ताले भदौ २९ गते बैंकिङ्ग समयसम्म आइपिओ भर्न पाउने भएका छन्।

बैंकले  भदौ १५ गतेदेखि प्रति कित्ता १ हजार रुपैयाँ अङ्कित मूल्यमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको थियो। सो ऋणपत्रमा तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको हुनाले समय थप गरिएको हो।

बैंकले जारी गरेको ऋणपत्रमध्ये १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ। यसबाट सामूहिक लगानी कोषलाई पनि ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र छुट्याईएको छ। यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ।

यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। बैंकले ७ वर्ष अवधिको “हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो। यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ। यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *