सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१९ भदौ २०७९ ११:०८

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ।

शुक्रबार प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय १० रुपैयाँ कायम भएको छ। चाँदी मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *