नेप्से ६.६८ अंकले बढ्यो, १ अर्ब ७ करोडको कारोबार

डिसी नेपाल
१९ भदौ २०७९ १५:२४

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आज नेप्से ६.६८ अंकले बढेर १ हजार ९७७.३० विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७ करोड १६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ। यसको आज ८ करोड ९१ लाखभन्दा बढीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ४ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारम रुरु जलबिद्युत परियोजना र हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, सपोर्ट माइक्रोफाइनान्स र सोल्टी होटलका लगानीकर्ताले अधिकतम गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *