बलात्कार मुद्दामा फरार रहेका एक जना १३ वर्षपछि पक्राउ

डिसी नेपाल
१९ भदौ २०७९ २३:३८
28
Shares

दाङ । दाङमा बलात्कार मुद्दामा फरार रहेका एक जना १३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका निवासी ३६ वर्षका देवीदरलाल भन्ने देवबहादुर डाँगी रहेका छन् ।

उनलाई जिल्ला अदालत दाङले २०६६ साल फागुन १२ गते बलात्कार मुद्दामा ५ वर्ष कैद सजाए तोकेको थियो । तर उनी त्यस समयदेखि फरार रहेका थिए ।

डाँगीलाई प्रहरीले हिजो शनिवार गाउँबाटै पक्राउ गरेको हो । पक्राउ गरि डाँगीलाई अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *