टिकटक बनाउँदा भीरबाट खसेर दाङमा एक जनाको मृत्यु
दाङ । टिकटक बनाउनेक्रममा भीरबाट खसेर दाङमा एक युवकको मुत्यु भएको छ । मुत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ५ सल्यान रोडका ३४ वर्षीय नविन केसी रहेका छन् । शनिवार राती नौ बजे सल्यानबाट तुलसीपर तर्फ आउँने क्रममा मोटरसाइलबाट झरेर टिकटक बनाउन गएका केसी भीरबाट खसेका थिए ।
करिब तीन सय मिटर तल भीरबाट खसेका उनी बीचैमा अड्कीएका थिए । लगतै खटिएको प्रहरीको टोलीले उद्धार गरी उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए ।
मृतक केसी रा ५ ६ ७२३८ नम्बरको मोटरसाइकलको पछाडी सवार थिए । मोटर साइकलका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment