मुद्रा विनिमय दर, कुन देशको कति?

डिसी नेपाल
२० भदौ २०७९ ९:०७

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२६ रुपैयाँ ७८ पैसा र बिक्री दर १२७ रुपैयाँ ३८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४६ रुपैयाँ ६० पैसा र बिक्री दर १४७ रुपैयाँ २९ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७६ पैसा र बिक्री दर ८७ रुपैयाँ १७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४४ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ०८ पैसा र बिक्री दर ९ रुपैयाँ १३ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४६ पैसा र बिक्री दर १८ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०४ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ३५ पैसा र बिक्री दर ९ रुपैयाँ ३९ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *