नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी

डिसी नेपाल
२० भदौ २०७९ ९:५३

काठमाडौं। नेपाल राष्ट्र बैंकले दुई जना कर्मचारी माग गरेको छ। राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षेण विभागले एक सूचना जारी गर्दै २ कर्मचारी माग गरेको हो।

बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि २ जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्ने भएको हुनाले सो पदपूर्ति गर्न कर्मचारी माग गरेको हो।

सूचनाअनुसार संयोजक पदका लागि १ जना र सदस्य पदका लागि १ जना कर्मचारी माग गरेको हो।  सेवा अवधि १ वर्षको हुने बैंकले जनाएको छ। साथै, संयोजकको लागि मासिक १ लाख २६ हजार ३ सय र सदस्यको लागि १ लाख ३ हजार ६ सय पारिश्रमिक पाउने बैंकले जनाएको छ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फारम भरेर दरखास्त पेस गर्नुपर्नेछ। दरखास्त पेस गर्ने अन्तिम मिति ६ असोजसम्म तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *