सुनचाँदीको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
२० भदौ २०७९ १०:४८

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार ७ सय रुपैयाँ तोकिएको छ।

आइतबार प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय १५ रुपैयाँ कायम भएको छ। चाँदी मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय १० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *