फलफूल तथा तरकारीकाे मूल्य : सस्तो भन्टा, महंगो कुरिलो

डिसी नेपाल
२० भदौ २०७९ १०:४०

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार सबैभन्दा सस्तो तरकारीमा भन्टा लाम्चो रहेको जनाएको छ। समितिका अनुसार भन्टा लाम्चो प्रतिकेजीको १२.४० पैसा रहेको छ । साथै स्कुस १७.५० पैसा रहेको छ।

यस्तैगरी सबैभन्दा बढी महंगो कुरिलो केजीको ५५० रुपैयाँ रहेको छ । समितिका अनुसार अदुवा केजीको ९६.६७ रुपैयाँ अनार, ३३३.३३, अमला ११०.००, आलु रातो केजीको ६१ रुपैयाँ भारतीय आलु ३७ रुपैयाँ रहेको छ । यस्तै, मुडेको आलु भने ५४.६७ रुपैयाँ काउली स्थानिय ७५ रुपैयाँ रहेको छ।

भने, लोकल काक्रो ७५ रुपैयाँ कागती २४५ रुपैयाँ रहेको जनाएको छ । खुर्सानी हरियो (अकबरे) १८३.३३ रुपैयाँ केजीको पर्दछ। गुन्दुक २७५ रुपैयाँ, गोलभेडा ठूलो (भारतीय) ५७.५० रुपैयाँ केजीको रहेको छ । यस्तै, गोलभेडा सानो (टनेल) को ४५.२० रुपैयाँ रहेको छ।

घिराैँला २५ रुपैयाँ प्रतिकेजी रहेको छ। चिचिण्डो २३ रुपैयाँ, चुकुन्दर ७६.६७ रुपैयाँ, च्याउ (कन्य) १९० रुपैयाँ रहेको छ। यस्तै, च्याउ(डल्ले) ३२५ रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *