खप्तड लघुवित्तको आइपीओ बाँडफाँट

डिसी नेपाल
२० भदौ २०७९ १२:२६

काठमाडौँ। खप्तड लघुवित्तको आइपीओ बाँडफाँट भएको छ। सोमबार बिहान भएको गोलाप्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर पाएका छन्।

आइपीओमा रीतपूर्वक आवेदन दिएका कुल १७ लाख ८३ हजार ७४ जनालाई गोलाप्रथामा समावेश गराइएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ।

खप्तडले ८ बाट १२ भदौसम्म कुल एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । योमध्ये ६ हजार ६ सय कित्ता सामूहिक लगानी कोष र दुई हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो। बाँकी एक लाख २३ हजार चार सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए।

अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *