राष्ट्र बैंकले दियो दुई बैंकलाई मर्जरमा जान स्वीकृति

डिसी नेपाल
२० भदौ २०७९ १३:०३

काठमाडौं । नेपाल राष्ट बैंकले प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकलाई मर्जरका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। केन्द्रीय बैंकको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृति प्रदान गरेको हो।

यी दुई बैंकबीच एक आपसमा मर्जरमा जानका लागि साउन १५ गते सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ। दुई बैंकबीच प्रारम्भिक रुपमा १ः१ स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता भएको छ। मर्जरपछि बन्ने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहनेछन्।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुस मसान्तसम्म मर्जर तथा एक्विजिसनमा जाने संस्थालाई विभिन्न छुुट सुविधा दिने व्यवस्था गरेको छ। सोहीअनुसार यी बैंकले राष्ट्र बैंकले दिएको छुट सुविधा पाउने भएका छन्। यसै कारण यी दुई बैंकले पुस अघिनै मर्जर सम्पन्न गर्ने तयारी गरेका छन् ।

हाल प्रभु बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरी बैंकको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।दुवै बैंकको मर्जर पछि चुक्ता पूँजी २२ अर्बभन्दा बढी पुग्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *