मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाउँदै गरेका १ जना विद्यार्थीसहित ५१ जना विद्यार्थी चालकमाथि कारवाही
काठमाडौँ। स्कुल- कलेजका विद्यार्थीहरुको सुरक्षा लक्षित चेकिङ अन्तरगत आज मादक पदार्थ सेवन गरि सवारी साधन चलाउँदै गरेका १ जना विद्यार्थीसहित ५१ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २८ जना, कागजपत्र साथमा नभएका २१ जना, तीन जना सवार १ जना र मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने १ जना गरि ५१ जना विद्यार्थी चालकलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्।
नयाँबानेश्वको चेल्सी ईन्टरनेशनल एकेडेमीमा प्लस टु पढ्दै गरेका २१ बर्षीय एक विद्यार्थीलाई चेकिङ्गका क्रममा मदिरा पिएर बाग्मति प्रदेश ०२–०२३प ७३ ८६ नम्बरको मोटरसाइकल चलाएको पाइएपछि ट्राफिक प्रहरीले काठमाडौंको दरवारमार्गबाट कारवाही गरेको हो।
साउन ३० गतेबाट शुरू भएको स्कुल-कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हालसम्म १ हजार ८२ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारवाही गरिसकेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment