४.२९ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
२० भदौ २०७९ १५:१८

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। आज नेप्से ४.२९ अंकले घटेर १ हजार ९७३.०१ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको २४ लाख ४४ हजार २४४ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोड ९९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ। यसको आज ९ करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटा उपसुचकमध्ये २ उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारम मैलुङ्ग खोला जलबिद्युत र हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, रुरु जलबिद्युत र आशा लघुवित्तका लगानीकर्ताले अधिकतम गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *