बैज्ञानिक घिमिरेको ‘रैथाने चाडबाड र खानपान’ नामक पुस्तक बजारमा

डिसी नेपाल
२३ भदौ २०७९ ६:२९
92
Shares

काठमाडौँ। खाद्य बैज्ञानिक नारायण घिमिरको रैथाने चाडवाड र खानपान नामक पुस्तक यही बुधवारदेखि बजारमा आएको छ। शिखा बुक्सले यो पुस्तक बजारमा ल्याएको हो। पुस्तकमा घिमिरेले पृथ्वीमा भएका सबै कुराहरू कसरी एक आपसमा जोडिएका छन् भन्ने बारे प्रस्टाएका छन्।

नेपाली परम्परागत खानाले कसरी शारीरिक, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक स्वास्थ्यको प्रवर्धनमा भूमिका खेल्दै मानिसमा सकारात्मक सोच तथा स्वस्थ र शालीन जीवनशैली निर्वाणमा बढवा दिइरहेको छ भन्ने तथ्यहरु समेत पुस्तकले उजागर गरेको छ ।

पुस्तकमा परम्परागत नेपाली खानाका औषधीय र आध्यात्मिक फाइदाका बारेमा विस्तृत जानकारी समेटिएको छ। नेपाली चाडपर्वहरू जस्तै दसैँ, दीपावली, चैते–दसैँ, माघे सङ्क्रान्ति, पन्ध्र–पौष आदि तथा विवाह, व्रतबन्ध, पूजाआजा लगायतका समयमा बनाइने नेपाली परम्परागत घरेलु परिकारका मौसम अनुरूप मानव स्वास्थ्य प्रवर्धनमा रहेको भूमिका र प्रभावबारे पुस्तकमा चर्चा भएको छ।

लेखक घिमिरेले सांस्कृतिक महत्त्वका नेपाली खाना र स्वास्थ्यबिचको अन्तरसम्बन्धको वैज्ञानिक पक्षको ज्ञान र भूमिका गहिरो रूपमा बुझ्न सक्दा उक्त ज्ञानको सदुपयोग नेपाली जडीबुटीको उधमिकरण मा उपयोग हुन सक्ने मार्ग पनि देखाएका छन्।

यसले आधुनिक वैज्ञानिक उपलब्धिलाई पाँच हजार वर्ष पुरानो वैदिक सिद्धान्तसँग जोड्न समेत मद्दत गर्ने घिमिरेको विश्वास छ। वैज्ञानिक घिमिरेले नेपाली भाषामा नै लेखिएको ‘नेपालमा गाँजा’ र ‘नेपाली रैथाने जडीबुटी’ नामक दुई पुस्तक गत साल नै शिखा बुक्स मार्फत नेपाली बजारमा ल्याइसकेका छन्।

घिमिरे क्यानडामा कार्यरत खाद्य तथा औषधि विज्ञ हुन् ।दुई दशकभन्दा बढी समयदेखि खाद्य तथा औषधिको प्रयोगात्मक अनुसन्धानमा आधारित प्रयोगात्मक अनुसन्धानमा घिमिरे संलग्न छन्।

नेपालका परम्परागत वैदिक ज्ञान, परम्परागत संस्कृति, स्थानीय जडीबुटीमा आधारित रोग लाग्न नदिने खाना र स्थानीय जडीबुटीको सार तत्त्वमा आधारित रोग निको पार्ने औषधि विषयमा उनको नेपाल अध्ययन केन्द्रित छ । उनले नेपालका रैथाने जडीबुटीमा आधारित उद्यमशीलताको विकासको सम्भावनाको समेत विस्तृत अध्ययन, अनुसन्धान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *