विद्यार्थी लक्षित चेकिङमा १२ सय ४१ जना विद्यार्थी चालकमाथि कारवाही
काठमाडौँ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङमा हालसम्म १२ सय ४१ जना विद्यार्थी कारवाहीमा परेका छन्। काठमाडौं उपत्यकामा गत साउन ३० गतेबाट शुरू भएको अभियान अन्तर्गत हालसम्म उक्त संख्यामा विद्यार्थी चालकलाई कारवाही गरिएको हो।
स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज विहान मात्र ३९ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।
काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङ्गमा कागजपत्र साथमा नभएका १७ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १० जना, तिव्र गतिमा जिगज्याग चलाउने ८ जना, नम्बर प्लेट दुरुस्त नभएका २ जना र तीन जना सवार २ जना गरि ३९ जना विद्यार्थी चालकलाई कारवाही गरिएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment