बल्खुमा गरिएको विशेष चेकिङमा १८ वटा सुमो नियन्त्रणमा

डिसी नेपाल
२७ भदौ २०७९ १२:४२
688
Shares

काठमाडौँ। काठमाडौंको बल्खुमा आज गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका १८ ओटा टाटा सुमो जिपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। ह्याण्ड ब्रेक नभएका, टायरको अवस्था ठिक नभएका लगायत सवारीको विविध यान्त्रित अवस्था ठिक नभएका १८ ओटा टाटा सुमो जीपलाई नियन्त्रणमा लिइएको हो।

होल्ड गरिएका जीपका यात्रीलाई अन्य सवारी साधनबाट गन्तव्य स्थानतर्फ पठाउन लागि आवश्यक पहल भइरहेको छ। बल्खुबाट देशका विभिन्न स्थानका लागि सुमो जीप छुट्दै आएका छन्।

यात्रुहरुको सुरक्षालाई मध्यनजर गरेर आज बिहानैदेखि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको नेतृत्वमा ट्राफिक प्रहरीको टोली बल्खु क्षेत्रमा खटिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *