बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउने सरकारको निर्णय

डिसी नेपाल
२४ भदौ २०७९ १९:५७

काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनमा सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दिवंगत बेलायती महारानीको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा हिजो निधन भएको थियो। उनको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *