प्रधानमन्त्रीले नर्भिक पुगेर मृगौलाबाट पीडित बलायरलाई भेटे
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका छन् ।
लामो समयदेखि मृगौलाबाट पीडित भई हाल नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत धनगढीका स्थायीबासी नरबहादुर बलायरलाई भेट्न प्रम देउवा पुगेका हुन् ।
शनिबार ११ः३७ मा नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री देउवाले बलायरको स्वास्थ्य अवस्था र उपचारपछि भइरहेको प्रगति लगायतको विषयमा चासो दिएका थिए ।
करिब ५ मिनेट बलायर र उनका आफन्त तथा उपचारमा संलग्न चिकित्सक टिमसँग कुरा गरी प्रम देउवा फर्किएका थिए । धनगढीका ८१ वर्षीय बलायर दुवै मृगौलामा समस्या भई केही दिनअघिदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment