चोलेन्द्र शमशेर जबराको बयान आज पनि

डिसी नेपाल
२६ भदौ २०७९ १२:१३
64
Shares

काठमाडौँ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आइतबार चौथो बयान हुँदैछ। सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा आइतबार दिउँसो साढे १२ बजे बस्ने महाअभियोग सिफारिस समिति बैठकमा जबराको बयान हुनेछ।

यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो। प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले ४३ वटा प्रश्न तयार गरिएको थियो।

गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *