महोत्तरीमा स्यालले टोकेर चार जनालाई घाइते बनायो

डिसी नेपाल
२६ भदौ २०७९ १८:१५
68
Shares

काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–६ मा स्यालले टोकेर चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार छन् ।

एउटै स्यालले एकै पटक टोकेर चार जनालाई घाइते बनाएको हो । राति मात्रै गाउँ आसपास आउने स्याले दिउँसै गाउँमा पसेर मान्छेलाई टोक्न थालेपछि स्थानीय त्रसित भएका थिए ।  घाइते चार जनाकै जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *