डडेल्धुरामा लडेर एक किशोरको मृत्यु 

डिसी नेपाल
२६ भदौ २०७९ २०:१३
40
Shares

धनगढी । डडेल्धुरामा लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय प्रकाश थापाको धिमाडा बजकोट भन्ने ठाउँमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा डिएसपी मनोहरप्रसाद भट्टले किशोरको मृत्यु भएको पुष्टि गर्दै शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको जानकारी दिए ।

ती किशोर कुनै ठाउँमा लडेर घाइते अवस्थामा घर पुगेको र मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी भट्टले बताए । यता, पारिवारिक स्रोतका अनुसार किशोरको काठ बोकिरहेको अवस्थामा लडेर घाइते भएपछि मृत्यु भएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *