मानव विकास सूचकांकमा नेपाल एक स्थान माथि उक्लियो

डिसी नेपाल
२७ भदौ २०७९ १८:२१

काठमाडौं । मानव विकास सूचकाङ्कमा नेपाल १४३ औं स्थानमा रहेको छ ।

सोमबार काठमाडौंमा युएनडीपीले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनमा नेपाल मानव विकास सूचकाङ्क ०.६०२ अंकमा साथ १ सय ४३ औं स्थानमा रहेको उल्लेख छ । ऊर्जामन्त्री पम्फा भुसाल लगायतले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

नेपालको उक्त स्थानलाई मध्यम मानव विकास सूचकाङ्कका रुपमा उल्लेख गरिएको छ । प्रतिवेदनमा नेपालको प्रतिव्यक्ति औसत आयु ६८.४ वर्ष रहेको उल्लेख छ । स्वीजरल्यान्ड ०.९६२ अंकसहित मानव विकास सूचकाङ्कमा पहिलो स्थानमा छ । प्रतिवेदन सार्वजनिक कार्यक्रमा ऊर्जामन्त्री भुसालले जलश्रोत र उर्जाको दिगो बिकासबाट मुलुकको समृद्धिमा सरकारले ध्यान दिएको बताइन् । हाल देशको ९५ प्रतिशत स्थानमा बिद्युतको पहुँच पुगेको भन्दै बाँकी रहेका स्थानमा पनि छिटै बिद्युतको पहुँच पुराउने उनले बताइन्

बढ्दै गइरहेकोे विश्वव्यापी उथलपुथलले ९० प्रतिशत देशहरूमा मानव विकासमा भएको प्रगतिलाई अप्रत्याशित रुपले उल्ट्याउने काम गरेको प्रतिवेदनमा उल्लेख छ । लगातार दोस्रो वर्ष मानव विकासले उल्टो गति लिनाले मानव विकासमा यस अघि कहिल्यै नदेखिएको स्तरमा धक्का परेको र यसका कारण दिगो विकासका लागि २०३० एजेन्डा सुरु गर्दा र २०१६ को पेरिस सम्झौता अवलम्बन गर्दाको स्तरमा फर्काउने काम गरेको युएनडीपीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *