सिरहा र धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते

डिसी नेपाल
२८ भदौ २०७९ ११:१५

काठमाडौँ। सिरहा र धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सिरहाको धनगढीमाई नगरपालिका–९ मुसहर्नियामा हिजो मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिदा ३ जना घाइते भएका हुन्।

घाइते हुनेमा साईकलयात्री धनगढीमाई नगरपालिका–११ का १९ वर्षिय सुरज मगर, साईकलमा पछाडी सवार २३ वर्षिय विष्णु महतो र मोटरसाइकल चालक धनगढीमाई नगरपालिका–५ जयपुरका २४ वर्षीय रुपेश कुमार यादव रहेका छन्।

घाइते तीन जनाको आरके मेडिसिटीमा उपचार भैरहेको छ। घाईते मध्ये मोटरसाइकल चालकको अवस्था गम्भिर रहेको छ।

हिजो बेलुकी पौने ८ बजे बा ३१ प ८०१७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिएको इलाका प्रहरी कार्यालय धनगढी सिरहाले जानकारी दिएको छ।

यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका–२ भानुचोकमा गएराति मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिदा ३ जना घाइते भएका छन्।

घाइते हुनेमा पैदलयात्री जनकपुर उपमहानगरपालिका–१६ का रमेश चौधरी र उनका छोरा ८ वर्षिय आकाश चौधरी र मोटरसाईकल चालक सिरहाको सिरहा नगरपालिका–१२ का दिनेश कुमार यादव रहेका छन्।

घाइते तीन जनाकै धनुषा अस्पताल जनकपुरमा उपचार भैरहेको छ । घाइते मध्ये रमेशको अवस्था गम्भिर रहेको छ।

गएराति ९ बजे प्रदेश २ ०१ ००३ प ६८५६ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो। मोटरसाइकल नियन्त्रणमा रहेको वडा प्रहरी कार्यालय रेल्वेले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *