नक्कली पेस्तोल देखाई मोबाइल लुटपाट, दुई जना पक्राउ

डिसी नेपाल
२८ भदौ २०७९ १२:४४

काठमाडौं। नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका–६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन्।

उनीहरुलाई २ थान नक्कली पेस्तोल र सोको ५ थान गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौं महानगरपालिका–३१ कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठको केएस मोबाईल पसलमा सापकोटा सहित २ जनाले नक्कली पेस्तोल देखाई तीन थान मोबाईल लुटपाट गरेको प्रहरीले जनाएको छ।

उक्त घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई सोही मन्दिर नजिकबाट लुटपाट गरेको ३ थान मोबाइल, घटनामा प्रयोग भएको उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो।

उनीहरूलाई डाँका कसूरमा आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *