नमस्ते पेद्वारा ‘फेस्टिभल क्याम्पियन’को सुरुवात

डिसी नेपाल
२८ भदौ २०७९ २०:५५
8
Shares

काठमाडौं । नमस्ते पेले दशैं, तिहार तथा छठ पर्व लाइ समेट्नेगरी ‘फेस्टिभल क्याम्पियन’ ल्याएको छ र यस अभियानमा ४९ दिन सम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन् ।

यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले १०० प्रतिशत क्यासव्याक प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले जति धेरै कारोबार गर्नेछन्।

त्यसैगरी, नमस्ते पे मार्फत युटीलीटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ । हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले रु १००० क्यासब्याक पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निशुल्क पाउनेछन् । दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले १०० प्रतिशत क्यासब्याक पाउनेछन्।

त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० प्रतिशत क्यासब्याक वा अधिकतम १० रुपैयासम्म पाउनेछन्। प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ।

साथै, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, मर्चेन्ट भुक्तानीहरू, हवाई टिकटहरू आदि सहित विभिन्न सेवाहरूमा विभिन्न अफर प्रदान गर्नेछ।

नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले सेवा पोर्टफोलियोलाई सुदृढ गर्दै नमस्ते पे लाई बलियो र भरपर्दो डिजिटल भुक्तानी सेवा प्रदायक बनाउन कम्पनीले आफ्ना साझेदार र सरोकारवालाहरूसँग निरन्तर रुपमा काम गरिरहेको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *