ओएण्डएम बिना नै सरकारले थप्यो सशस्त्रमा एआइजीको दरबन्दी
दरबन्दी थप्दा महानिरीक्षक अर्याल अमेरिकामा
काठमाडौं । सरकारले सशस्त्र प्रहरीमा एक एआइजीको दरबन्दी थप गरेको छ । गुपचुप अहिले दुई वटा दरबन्दी रहेकोमा एउटा थप गरी तीन वटा बनाएको हो । भदौ २१ गतेको मन्त्रीपरिषद् वैठकले दरबन्दी थप गरेको भएपनि सशस्त्र प्रहरीलाई सोमबार मात्रै जानकारी भएको हो । सरकारले कार्य तथा सीमा सुरक्षा विभागलाई फुटाएर एआईजीको दरवन्दी थप गरेको हो ।
प्रहरी महानीरिक्षक राजु अर्याल अमेरिका गएका बेला सो दरवन्दी थप गरेको थियो । दरबन्दी थपको पत्र सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा पुगिसकेको छ । एआईजीको दरबन्दी थप गरिएको बेला महानिरीक्षक अर्याल अमेरिकामा थिए । उनी संयुक्त राष्ट संघको कार्यक्रममा सहभागी हुन अमेरिका गएका बेला दरवन्दी थप गरेको थियो ।
आइजीपी अमेरिका भएको बेला २१ भदौको मन्त्रिपरिषद बैठकले एउटा एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको पत्र सोमबार मुख्यालय पठाइएको थियो । सशस्त्र प्रहरीमा दुई ओटा एआईजीको दरबन्दी रहेकोमा संगठनको ओएण्डएमबिनै तीन ओटा बनाइएको छ । संगठनको ओएण्डएमबिनै सरकारले व्यक्तिलाई लक्षित गरेर दरबन्दी थप गरेको स्रोतको दावी छ ।
सशस्त्रमा अहिले नारायण पौडेल र सीपी गौतम एआइजी रहेका छन् । अब एक डिआइजी बढुवा गरी तीन वटा एआइजी बनाइने भएको छ । सरकारले निर्वाचनको आचारसंहिता लाग्नुअघि नै एआइजी सिफारिस गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment