सिप्रदी अटोपार्ट्सले ल्यायो दशैँ अफर

डिसी नेपाल
३० भदौ २०७९ १३:५२
216
Shares

काठमाडौँ। सिप्रदी अटोपार्ट्स प्रा. लि. को इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दशैं अफर ल्याएको छ। नेपालीहरुको महान चाड दशैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो।

अफरको टाटा मोटर इण्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेश्नल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्ट्स प्रा. लि. का सिनियर जनरल म्यानेजर युवराज वुढाथोकीले संयुक्त रुपमा गरेका हुन्। टाटा कमर्सियल गाडीका धनीले अझ वढि सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन भन्ने उद्देश्यसहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ। यसरी जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयू बढ्ने र पटकपटक मर्मत सम्भार गर्नबाट छुटकरा मिल्ने विश्वास कम्पनीले लिएको छ।

यो अफरमा ग्राहकले एक वट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक वट्टा आयल निशुल्क पाउनेछन्। यसैगरी क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, व्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका संचालक वोध प्रसाद तिमिल्सिनाले बताए। यो अफरबाट धेरैभन्दा धेरै गाडी धनीले लाभ उठाउन सक्ने उनको भनाई छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *