बालदिवसको अबसरमा चिल्ड्रेन होमका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण
काठमाडौँ। ५८ औ बालदिवसको अबसरमा चिल्ड्रेन होमका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।’बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार’ भन्ने मुल नाराका साथ प्रत्यक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको लायन्स क्लब अफ काठमाडौ न्यू स्मार्ट सिटि र मदर किड्स फाउन्डेसन नेपाल संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो।
यस वर्ष काठमाडौँको पेप्सिकोलास्थित कोपिला चिल्ड्रेन होमका बालबालिकाहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको संस्थाका संस्थापक, अध्यक्ष तथा सामाजिक अभियान्ता संगीता शर्माले जानकारी दिए। उनले भनिन्हा,’हाम्रो सानो सहयोगले कुनै पनि ब्यक्तिको जिबनमा ठूलो सहयोग पुग्छ भने हामीले कमाएको केही प्रतिशत मात्र भए पनि सामाजिक सेवा गर्नु पर्छ। ‘
त्यस्तै आर्थिक अभाबका कारण कुनै पनि बालबालिकाहरु स्वास्थ, शिक्षा जस्ता आधारभूत आवश्यकताहरुबाट बन्चित नहुन भन्ने उदेश्यले मदर किड्स फाउन्डेसन नेपालले आगामी दिनहरुमा विभिन्न जिल्लाका दुर्गम भेगहरुका बालबालिकाहरुलाइ लक्षित गरि दश हजार थान स्कुल ब्याग, स्टेसनरी, स्कुल युनिफम लगायतका सामाग्रीहरु बितरण गर्ने योजना रहेको फाउन्डेसन कि अध्यक्ष शर्माले बताइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment