नेपाली सेनाले माग्यो ठुलो सङ्ख्यामा सहायक सेनानी

डिसी नेपाल
३१ भदौ २०७९ ९:५५
152
Shares

काठमाडौँ। नेपाली सेनामा ठुलो सङ्ख्यामा भर्ना खुलेको छ। सेनाले शुक्रबार गोरखापत्रमा एक सूचना प्रकाशन गर्दै  २२९ जना अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हाे।

सेनाले प्रकाशन गरेको सूचना अनुसार मध्ये खुल्ला ११७, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र नेपाली सेनाका परिवारका लागि ११ जना गरी २२९ जना अधिकृत माग गरिएको छ।

अधिकृतका लागि योग्यता प्रमाणपत्र तह उर्तिणका लागि १८ वर्ष पुरा भई २१ वर्ष ननाघेको र स्नातक तह उर्तिण गरेकाले १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको र कार्यरत सैनिक जवानको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने छ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज ३० गतेसम्म फारम भरेर बुझाउनु पर्ने सेनाले जनाएको छ। सेनाले स्वयम्भू, इटहरी,बर्दिबास, हेटौडा, पोखरा, रुपन्देही, सुर्खेत र कैलालीबाट दरखास्त फारम प्राप्त गर्न र बुझाउन सकिने नेपाली सेनाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *