नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्दै

डिसी नेपाल
३१ भदौ २०७९ १५:२४

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँ रुपैयाँबराबरको ट्रेजरी बिल असोज ४ गते जारी गर्ने भएको छ। केन्द्रिय बैंकले २८ दिने, ९१ दिन र १८२ दिने गरी तीन किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो।

बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्ने भएको छ। यो बिल आगामी कार्तिक १ गते परिपक हुनेछ। यस्तै, ९१ दिनको लागि ५ अर्ब ५३ करोड रुपैयाँको ट्रजरी बिल आगामी पुस ५ गते परिपक्व हुने गरी जारी गर्न लागेको हो। यता १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आगामी चैत ७ गते परिपक हुनेछ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आइतबार दिउँसो ३ बजे खुला हुनेछ। सोमबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *