आज प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना
काठमाडौं। बिहान सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ।
दिउँसो मुलुकका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ।
सोमबार लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment