हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२ असोज २०७९ ९:२६

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकले अमेरिकी डलरको खरिद दर १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ९२  पैसा र बिक्री दर १२७ रुपैयाँ ५२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४४ रुपैयाँ ८७ पैसा र बिक्री दर १४५ रुपैयाँ ५५ पैसा रहेको छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ र बिक्री दर ८५ रुपैयाँ ४० पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ २८ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८८ पैसा र बिक्री दर ८ रुपैयाँ ९३ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १५ पैसा र बिक्री दर १८ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०४ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८१ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १५ पैसा र बिक्री दर ९ रुपैयाँ १९ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *