दशैंको लागि आजदेखि उपत्यकाका बाणिज्य बैंकबाट नयाँ नोट साट्न पाइने

डिसी नेपाल
२ असोज २०७९ १०:२९

काठमाडौँ। दशैँको लागि सर्बसाधारणले आजदेखि बाणिज्य बैंकबाट नयाँ नोट सटही गर्न पाउने भएको छ। नयाँ नोट सटही गर्न सहज होस् भनेर केन्द्रीय बैंकले सबै वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गराई सकेको छ।

सबै ‘क’ वर्गका बाणिज्य बैंकलाई काठमाडौं उपत्यका भित्रका तोकिएका शाखा कार्यालयहरु मार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाउन समेत राष्ट्र बैंकले भनेको छ।

राष्ट्र बैंकका अनुसार रु. ५, १०, २०, ५० र १०० दरको प्रति व्यक्ति बढीमा एक/एक प्याकेटका दरले बढीमा साढे १८ हजार रुपैयाँसम्मको सटही सुविधा गराइने छ।

सर्वसाधरणलाई नयाँ नोट सटहीको लागि काठमाडौं उपत्यका भित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकी आफ्नो वेबसाइटमार्फत सूचना दिन पनि राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई भनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *