ङादी ग्रुप पावरको १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामीमा

डिसी नेपाल
२ असोज २०७९ ११:५९

काठमाडौँ। ङादी ग्रुप पावरको १२ लाख ५७ हजार २९० कित्ता सेयर आजदेखि लिलामीमा ल्याएको छ। कम्पनीले साउन १८ देखि भदौ ७ गतेसम्म जारी गरेको हकप्रद सेयर बिक्री हुन नसकेको सो सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा असोज १३ गतेसम्म आवेदन दिन मिल्नेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको काठमाण्डौको नक्साल नारायणचौस्थित कार्यालयका साथै सिद्धार्थ बैंकका शाखाहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *