कर्मचारी सञ्चय कोषले माग्यो प्रशासक पदका लागि कर्मचारी
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चयकोषको प्रशासक पदका लागि कर्मचारी माग गरेको छ। कोषको रिक्त प्रशासक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गरिने भएकाले आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोषको प्रशासकको उम्मेदवारले व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्छ। यस्तो कार्ययोजना अधिकतम ५ हजार शब्दसम्मको हुनुपर्नेछ। आवेदन मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पठाउनु पर्ने भएको छ।
कर्मचारी सञ्चय कोषको प्रकाशकको छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०७९ अनुसार आवेदन दिने सकिने र कार्यविधि मन्त्रालयको वेबसाइटबाट प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।
इन्च्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिनुपर्ने छ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment