३३.९७ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
२ असोज २०७९ १५:२१

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आज नेप्से ३३.९७ अंकले घटेर १ हजार ८७६.४१ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ६० करोड १८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ। यसको आज २१ करोड ३८ लाखभन्दा बढीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटा उपसुचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा ग्लोबल आइएमइ समुन्नति स्किम  र नेपाल लुबी आयलका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, बलेफी हाइड्रो र राप्ती हाइड्रोका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *