यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
३ असोज २०७९ ८:५२

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलरको खरिद दर १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा निर्धारण गरेको छ। यस्तै, युरो एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४५ रुपैयाँ २९ पैसा र बिक्री दर १४६ रुपैयाँ ९७ पैसा रहेको छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५५ पैसा र बिक्री दर ८५ रुपैयाँ ९५ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४३ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९१ पैसा र बिक्री दर ८ रुपैयाँ ९५ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २४ पैसा र बिक्री दर १८ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०४ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७५ पैसा र बिक्री दर ३४ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १८ पैसा र बिक्री दर ९ रुपैयाँ २३ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *