आशा लघुवित्तको बुधबारदेखि संस्थापक सेयर लिलामीमा आउने
काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि ५१ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ।
कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ। प्रतिकित्ता ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ।
यसमा इच्छुक योग्य व्यक्तिले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम ६ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ।
प्रतिक्रिया
Facebook Comment