संविधान दिवसको अवसरमा ६ जना बैंकरले पाउने भए विभूषण र अलंकार

डिसी नेपाल
३ असोज २०७९ १०:१५

काठमाण्डौ । संविधान दिवसका अवसरमा नेपाल सरकारले ६ जना बैंकरसहित ९९८ जना विभिन्न मानपदवी, अलंकार र पदबाट विभूषित गर्दैछन्। सरकारले प्रकाशन गरेको विभूषित हुनेको सूचीमा ६ जना बैंकरको नाम समावेश रहेको छ। उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्ने छिन्।

विभूषित हुने बैंकरहरुमा ज्ञानेन्द्रप्रसाद ढुंगाना, सुनिल केसी, मनिराम पोख्रेल, दिनेश थकाली, रुकमिणाकुमारी ज्ञवाली र शिक्षा भट्टचन रहेका छन्।

बैंकर ज्ञानेन्द्रप्रसाद ढुंगाना र सुनिल केसी प्रबल जनसेवाश्रीबाट विभूषित हुँदैछन्। यसैगरी राष्ट्र यशोवर्द्धक अलंकारबाट दिनेश थकाली, मनिराम पोख्रेल र रुकमिणाकुमारी ज्ञवाली विभूषित हुँदैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *