आकस्मिक लाइसेन्सको लागि असोज ७ गतेदेखि फारम भर्न सकिने 

डिसी नेपाल
३ असोज २०७९ ११:३३
412
Shares

काठमाडौं। आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन सकिने भएको छ। यातायात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको जनाएको छ ।

आकस्मिक रुपमा लाइसेन्स लिनका लागि असोज ७ गतेदेखि आवेदन दिन सक्ने व्यवस्था मिलाएको विभागले जनाएको छ ।

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली, शान्ति सेना मिसनका लागि विदेश जाने सेना एवं प्रहरी र गैरआवासीय नेपाली नागरिकले आकस्मिक रूपमा लाइसेन्स निकाल्न सक्ने गरि व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

विभागका अनुसार सेवाग्राहीले आवश्यक कागजात अनलाइनमा नै प्रविष्ट गर्नसक्ने छन् । निवेदकले सवारीचालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *