एनसीसी बैंकको परिवर्तित ब्याजदर सार्वजनिक

डिसी नेपाल
३ असोज २०७९ १३:३२

काठमाडौँ। नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले ३१ भदौमा सार्वजनिक गरेको नयाँ ब्याजदरलाई पुन: परिवर्तन गरी प्रकाशन गरेकाे छ।

बैंकले उक्त दिन सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती खाताअन्तर्गतको एनसीसी सुगम सिल्भर मुद्दती खातामा १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो। बैंकले आज पुनः प्रकाशन गरेको ब्याजदरमा उक्त खाताको ब्याजदर घटाएर १२.१३ प्रतिशत कायम गरेको छ।

साथै, बैंकले वचत खाताअन्तर्गतका खाताहरूको ब्याजदर र अन्य खाताको ब्याजदर भने यथावत् नै राखेको छ। जसमा वचत खाताअन्तर्गत न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशत ब्याजर रहेको छ।

परिमार्जनपछि मुद्दती खाताअन्तर्गत न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १२.१३ प्रतिशत ब्याजदर रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *