मनोहरा सुकुमवासी बस्ती: एक तिहाइ संरचना भत्काइयो

डिसी नेपाल
१३ वैशाख २०८३ २१:५५

भक्तपुर। भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका ७० प्रतिशत घर, टहरा तथा संरचना आज भत्काइएको छ। आज बिहान १०ः०० बजेदेखि काठमाडौं महानगरपालिकाबाट आएका सात वटा डोजरको सहायताले सुकुमवासी बस्तीका ७० प्रतिशत संरचना भत्काइएको हो।

पछि असिनापानी परेर बिथोलिएकाले आजको संरचना भत्काउने कार्यलाई स्थगित गर्नुपरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए। आज भत्काउन बाँकी भएका संरचनालाई भोलि (सोमबार) भत्काइने जानकारी दिँदै उहॉँले हिजोसम्म ८० प्रतिशतले सबै सामान सारेकाले आज बस्तीका बाँकी बासिन्दाले पनि सबै सामान सारेर सहज गरेका उल्लेख गरे।

आजका लागि सुकुमवासी बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ४०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी गरी दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। सोमबारसम्म सबै संरचना भत्काइने उनले बताए।

यहाँबाट बस्ती छाडेको वास्तविक सुकुमवासीलाई दशरथ रङ्गशालामा पठाइएको बताउँदै त्यहाँबाट उनीहरूलाई खान र बस्नका लागि होल्डिङ सेन्टरमा पठाइएको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *