ठूलो परिमाणमा सुनचाँदीका गहनासहित चार जना पक्राउ
काठमाडौं। काठमाडौंको कलंकी स्थित सांसद उर्मिला थपलियाको डेराबाट चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ परेका छन् । आइतबार साँझ पक्राउ परेकाहरूको विवरण प्रहरीले सोमबार सार्वजनिक गरेको हो । दसैँको बिदामा डेरामा कोही नभएको मौका पारेर आरोपीहरूले सांसद उर्मिला थपलियाको डेराबाट ८ तोला सुन र ८० हजार नगद चोरेको अनुसन्धानले देखाएको छ ।
घटनाबारे कार्तिक ५ मा प्रहरीलाई जानकारी गराइएको थियो । थपलिया नेपाली कांग्रेसकी समानुपातिक तर्फकी सांसद हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारत घर भएका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु कुमार भन्ने राज पोदार, २३ वर्षीय राजेन्द्र पोदार भन्ने राजेन्द्र कुमार र ४६ वर्षीय विणा देवी छन् ।
सांसदको घरमा चोरी भएकोबारे कार्तिक ५ मा प्रहरीलाई जानकारी गराइएको थियो । सो समूहले कार्तिक ६ मा काठमाडौं महानगरपालिका–१४ स्थित रञ्जित कोलोनीमा रहेको निरञ्जन नेपालको घरमा पनि चोरी गरेको अनुसन्धानले देखाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आरोपीहरूले लुकाएर राखेको अवस्थामा ठुलो परिमाणमा सुनचाँदीका गरगहना बरामद गरेको छ ।
यस्तो छ बरामद सामग्रीहरूको विवरण
१. २३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्री थान-३
२. १८ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको बाला थान-१
३. २३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्री थान-३
४. ३२ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको बालाको टुक्रा थान-५
५. ३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको कछुवाको मूर्ति थान-१
६. १० ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्का थान-१
७. १० ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सरस्वतीको मूर्ति थान-२
८. २३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्री थान-३
९. १४ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको औंठी थान-२
१०. ३९ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको लकेट थान-४
११. ८ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको पाइला थान-१
१२. १ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको टुक्रा थान-४
१३. ११ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको सिन्दुर बट्टा थान-३
१४. १६२ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको गणेश र लक्ष्मीको मूर्ती थान-१
१५. १२१.६७ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको पाउजु थान-८
१६. ५७ ग्राम तौल भएको पत्थर जडित चाँदी जस्तो देखिने धातुको सिरबन्दी थान-१
१७. २१.५ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको औंठी थान-५
१८. ७७.३७ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको सिक्का थान-३
१९. १०५.८२ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको ब्रासलेट थान-३
२०. ३३ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको टुक्रा थान-१
२१. १२३ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको कप थान-२
२२. ७४ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको दियो थान-१
२३. ४० ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको पानी चढाउने चम्चा थान-१
२४. ५०२ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको करुवा थान-१
२५. ४४० ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको टिकाथली थान-१
२६. ३६० ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको बुट्टे थालको टुक्रा थान-२
२७. ८८ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको प्लेट थान-१
२८. ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको प्लेट थान-१
२९. विभिन्न कम्पनीका मोबाईलहरु थान-१६
३०. विभिन्न दरको भारतिय रुपैयाँ जम्मा रु.१२,३१०।–
३१. चालु र बन्द अवस्थामा रहका विभिन्न कम्पनीका घडीहरु थान-१०
३२. नेपाल र भारतको विभिन्न दरका सिक्काहरु
३३.कछुवाको आकृति भएको धातुको बट्टा थान-१
No ads found for this position



डिसी नेपाल
Facebook Comment