पाल्पामा बसको ठक्करबाट महिलाको मृत्यु
बुटवल। पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमबार साँझ गुल्मीबाट पाल्पा हुँदै बुटवलतर्फ आउँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटरको पछाडि सवार गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोककी ३७ वर्षीया माया कुँवर र स्कुटर चालक गुल्मीको इस्मा गाउँपालिका–४ की ३६ वर्षीया केशरी कुँवर घाइते भएका थिए।
दुवै जनालाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएकोमा माया कुँवरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटर चालक केशरी कुँवर सामान्य घाइते भएकी छन्।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment