डा. केसीको आमाशयमा रक्तश्राव, जबर्जस्ती काठमाडौं लैजाने तयारी

डिसी नेपाल
४ असोज २०७९ १४:५०
32
Shares

धनगढी। धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। अस्पताल प्रशासनले उनको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौं लैजाने तयारी गरेको छ।

अनसनरत केसीले भने आफ्ना माग पूरा नभइ काठमाडौं नजाने अडान लिएका छ। कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार काठमाडौंबाट जसरी भए पनि डा. केसीलाई पठाउन निर्देशन आइसकेको छ। यही कारण आज उनलाई जबर्जस्ती भए पनि काठमाडौं लगिने उनको भनाइ छ।

यस्तो छ डा. केसीको स्वास्थ्य अवस्था

डा. केसीको उपचारमा संलग्न डा. शेरबहादुर कमरका अनुसार उनको सुगर लेवल घटेर ४० पुगेको छ। यस्तै, प्रेसरको लेभल पनि निकै कम रहेको छ। अर्का डा. सुबेधराज कायस्थले उनको आमाशयबाट पनि रक्तश्राव भइरहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *