ललितपुर महानगरले भन्यो- अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउनू

डिसी नेपाल
५ असोज २०७९ ७:५१
28
Shares

ललितपुर। ललितपुर महानगरपालिका पनि फुटपाथ र सार्वजनिक स्थान व्यवस्थित गर्ने अभियानमा लाग्ने भएको छ।

काठमाडौं महानगरपालिकाले फुटपाथमा रहेका पसल हटाउनुका साथै सार्वजनिक स्थानमा बनाइएका संरचना भत्काइरहेका बेला ललितपुरले पनि सिको गरेको हो।

महानगरले बुधबार सार्वजनिक सूचना जारी गरेर अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन भनेको छ।

नक्सा स्वीकृत विना, मापदण्डविपरीत निर्माण भएका संरचना, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी, अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, सिढी लगायतका संरचना हटाउन महानगरले भनेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *